PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

५ नं प्रदेशको राजधानी बुटवल बनाएर छाड्छौँ : एमाले उपमहासचिव पौडेल



चन्द्रकान्त खनाल

५ नं प्रदेशको राजधानी बुटवल बनाएर छाड्छौँ : एमाले उपमहासचिव पौडेल

रुपन्देही : एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद बिष्णु पौडेलले ५ नं प्रदेशको राजधानी बुटवल बनाएरै छाड्ने दावी गरेका छन्। सरकारले दाङलाई प्रदेशको केन्द्र बनाउने हल्ला फैलाएसंगै बुटबलमा राजधानि बनाउन सबैको दवाब रहेको छ।

शनिबार बुटबलमा बोल्दै पौडेलले प्रदेश राजधानी बुटवल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए। प्रदेश राजधानी बुटबल भन्दा बाहिर राख्ने कल्पना समेत हुन सक्दैन। हामी यहाँ राजधानी बनाए छाड्ने छौँ यो हाम्रो प्रतिबद्धता हो', पौडेलले भने।

नविन औद्योगिक कदर बहादुर रिता मा.बि.बुटवलको ४२औं वार्षिकोत्सव तथा अभिभावक  दिवसको अवसरमा बोल्दै पौडेलले उनले नयाँ संविधान निर्मासागै प्राविधिक र व्यावसायीक  शिक्षाको खाँचो औलाउदै शिक्षा क्षेत्र राज्यको लागनी कम भएकाले बढाउनु पर्ने बताए।

फरक प्रगसंगमा पौडेलले रुपन्देहीको देवदहमा बसन्त पौडेलको हत्यारालाई तत्काल प्रकाउ गर्न माग गरे। उनले रुपन्देहीको देवदहमा श्रृखलाबद्ध रुपमा हत्या हुँदा पनि प्रहरी प्रशासनले हत्यारा पत्ता नलाउनु दु:खद बिषय भएको भन्दै त्यसको जिम्बेबारी प्रहरी प्रमुखले लिनुपर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell