PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

पौडेलको हत्यारालाई सार्वजनिक नगरेसम्म बन्द जारी : युवासंघ रुपन्देही



चन्द्रकान्त खनाल

पौडेलको हत्यारालाई सार्वजनिक नगरेसम्म बन्द जारी : युवासंघ रुपन्देही

रुपन्देही : बसन्त पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले गरेको बन्द आज दोश्रो दिन पनि कायम रहेको छ। युवा संघको आह्वानमा भएको रुपन्देही बन्दका कारण जनजीवन प्रभावित भएको छ।

हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए। 'आइतबार पनि बन्द कायमै छ' उनले भने, 'प्रशासनले हत्याराको खोजी र अनुसन्धानलाई तीब्र बनाउनुपर्‍यो र पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्‍यो।'

बन्दका कारण रुपन्देहीका सबै विद्यालय, कलकारखाना, उद्योग धन्दा बन्द भएका छन्।  बुटबलबाट बाहिर जाने र आउने यातयाता साधन समेत पुर्ण बन्द भएका छन्। यद्यपी बन्द शान्तिपुर्ण रहेको छ। आज बुटबलमा एमाले निकट उद्योगीहरुले प्रर्दशन गर्ने भएका छन्। बिहान ११ बजे बुटबलको राजमार्ग चौराहमा  हत्यारालाई कावार्हिको र सुरक्षाको माग गर्दे  बिरोध प्रर्दशन गर्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell