PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

पत्नी हत्याको आरोपमा पक्राउ परेका यादवले प्रहरी हिरासतमै आत्महत्या गरे



पहिलोपोस्ट

पत्नी हत्याको आरोपमा पक्राउ परेका यादवले प्रहरी हिरासतमै आत्महत्या गरे

काठमाडौं : इलाका प्रहरी कार्यालय दमकको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले आत्महत्या गरेका छन्।

श्रीमती हत्याको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा हरेका झाँपा गौरीगञ्ज गाउँपालिका ३ का ५१ वर्षीय हरिनारायण यादवले शनिवार प्रहरी कार्यालयको शौचालयमा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

यादव झुण्डीएको अवस्थामा आईतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ। यादब गत पुस ५ गते पक्राउ परेका थिए।

शौचालय गएका यादव लामो समयसम्म ननिस्किएपछि चिहाएर हेर्दा झुण्डिएको अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell