PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

विमानमा फर्किन मौसमले साथ दिएन, गाडीमै काठमाडौै आउँदै प्रचण्ड



पहिलोपोस्ट

विमानमा फर्किन मौसमले साथ दिएन, गाडीमै काठमाडौै आउँदै प्रचण्ड
फाइल फोटो

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट काठमाडौँ फर्केका छन। मौसम खरावीका कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर दाहाल काठमाडौँ फर्केका हुन्।
 
प्रधानमन्त्री शेरबाहदुर देउवाले बिहिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकाएर अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाको नगरपरिषद्मा भाग लिन चितवन गएका थिए।
 
शुक्रबार नगरपरिषद्को कार्यक्रम सकिएपछि अध्यक्ष दाहाल शनिबार काठमाडौ फर्किने कार्यक्रम थियो। तर आइतबार विहानसम्म हुस्सुको कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर काठमाडौँ फर्केका हुन्। 

‘अहिले मुग्लिन पुगिसकेका छौँ,’ अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमिल्सिनाले भने, ‘मौसमको कारण जहाज उड्न सकेको छैन। अहिले हामी काठमाडौँबाट आफ्नो गाडी बोलाएर फर्केका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell