PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

सिन्धुपाल्चोककै सांसदको प्रश्न : आयातमात्रै गर्ने हो भने किन खोल्ने तातोपानी नाका?



पहिलोपोस्ट

सिन्धुपाल्चोककै सांसदको प्रश्न : आयातमात्रै गर्ने हो भने किन खोल्ने तातोपानी नाका?

काठमाडौं: नेकपा एमालेका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले मुलुकमा आयातमात्र गर्ने हो भने देश कंगाल हुने बताएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिन काठमाडौंमा आयोजित कार्यक्रममा तामाङले 'जति बाहिरका सामान ल्याउँछौं, त्यति बाहिर पठाउन सक्नुपर्ने' बताए।

नेता तामाङले भने, 'आज भारतबाट सामान ल्याउँछौ। दक्षिण अफ्रिकाबाट सामान आउँछ। ब्राजिलबाट अनार आउँछ। स्याउ हाम्रो देशमा उत्पादन हुन छाड्यो। अलिकता नाफा हुन्छ। हामी त्यसमै रमाएका छौं। उत्पादन बढाउने र जति बाहिरबाट आउँछ उति नेपालबाट पनि पठाउन सक्नुपर्छ भन्ने विषयमा बहस थाल्नुपर्छ।'
 
सम्पूर्ण नाकाहरुमा यो नियम लागु हुने र सिन्धुपाल्चोकबासीले पनि तातोपानी नाकाबाट सामान आयातमात्र होइन निर्यात पनि गर्न सक्नुपर्ने उनको भनाइ थियो।

आफ्नै जीवनकालमा समृद्धि भन्दै सबै दलका शीर्ष नेताले निर्वाचनका अघि भाषण गरेको उल्लेख गर्दै तामाङले भने, 'शीर्ष दलका नेताहरुले पनि तातोपानी नाका खोल्ने बाचा गरिसकेका छन्। केही दलका नेताहरुले त खोलिनै हाल्ने कुरा गरेका पनि छन्। यो खोल्ने प्रतिवद्धता हाम्रो पनि हो। तर, स्वदेशी उत्पादन निर्यातको कुरामा पनि वाणिज्यका साथीहरुले ख्याल गर्नुपर्‍यो। '

दुई देशबीचको सम्बन्धका कुरा रहेको र सम्बन्ध मिलाएर नाका खुल्ने उनले बताए। तामाङले केही दलका नेताहरु उत्तरको सम्बन्ध  भन्नेवित्तिकै तर्सने उल्लेख गर्दै व्यवसायीको व्यापार प्रवर्द्धनका लागि नाका खोलेरै छाड्ने धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell