PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भक्तपुरलाई प्रदेशको राजधानी बनाउनु हुदैन- नारायणमान बिजुक्छे



पहिलोपोस्ट

भक्तपुरलाई प्रदेशको राजधानी बनाउनु हुदैन- नारायणमान बिजुक्छे

काठमाडौः नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३ नम्वर प्रदेश राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै भक्तपुर भन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए।

उनले बाम गठबन्धन भित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै  गठबन्धनको दीर्घकालीन स्वरुप देख्न नसकेको र यसलाई टुटाउन समेत बाह्रय शक्ति लागी परेको आरोप लगाए।   

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष शुशिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। थापालाई नगद २ हजार ५ सहित सम्मान गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell