PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

बर्खास्तीमा परेका आइओएमका डिन शर्मालाई पुनर्वाहली गराउन सर्वोच्चको आदेश, चार दिनमात्र काम गर्न पाउने



पहिलोपोस्ट

बर्खास्तीमा परेका आइओएमका डिन शर्मालाई पुनर्वाहली गराउन सर्वोच्चको आदेश, चार दिनमात्र काम गर्न पाउने

काठमाडौं: चार वर्षअघि बर्खास्तमा परेका चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)का डिन डा शशी शर्मालाई  सर्वोच्च अदालतले पुनर्वाहली गर्न आदेश दिएको छ। 

प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पक्षमा फैसला सुनाएको हो। 

पुनर्वाहली पाएका डा शर्माको कार्यकाल पुस २७ गते सकिनेछ। योसँगै शर्मा डिनका रुपमा चार दिन मात्र काम गर्न पाउनेछन्।


सरकारले डा शर्मालाई आइओएमका डिनबाट ०७० माघ ८ गते बर्खास्त गरेको थियो। आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा फागुन १ गते सर्वोच्च पुगेका थिए। शर्माको बर्खास्तीपछि वरिष्ठताको आधारमा डा राकेश श्रीवास्तव डिन नियुक्त भएका थिए।

हाल जगदीशप्रसाद अग्रवाल डीन छन्। सर्वोच्च अदालतले अग्रवालको नियुक्ती गैर कानुनी हो भन्ने आधार समेत नदेखिएको उल्लेख गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell