PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

फिल्म 'रोमियो एण्ड मुना'को पोस्टरमा सृष्टि र विनयको प्रेम



पहिलोपोस्ट

फिल्म 'रोमियो एण्ड मुना'को पोस्टरमा सृष्टि र विनयको प्रेम

काठमाडौं: प्रचार प्रसारमा तिब्र रहेको फिल्म 'रोमियो एण्ड मुना' युनिटले नयाँ पोस्टर रिलिज गरेको छ। फिल्मको दोस्रो पोस्टरमा दुई मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिङ रहेको छ। जसमा उनीहरु बिचको निकटता झल्काउन डोरीको बिम्वात्मक प्रयोग गरिएको छ। 

नरेशकुमार केसी निर्देशित फिल्म आउँदो फागुन ११ देखि प्रदर्शनमा आउँदैछ। प्रशसन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्मित फिल्मलाई दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठले खिचेका हुन्।

प्रचार प्रसारको लागि विविध अस्तु प्रयोग गर्दै आएको फिल्म रोमियो एण्ड मुनाको विकिनी प्रस्तुती विवादित रह्यो भने दोस्रो गीत 'स्यान्डविच सङ' टिभीहरुमा रिलिज भएन। फिल्ममा विनय श्रेष्ठ, बसुन्धरा भुषाल, मेनुका प्रधान, सुष्टि श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell