PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

बुटवल बन्द फिर्ता



पहिलोपोस्ट

बुटवल बन्द फिर्ता

बुटबल : फर्निचर व्यवसायी वसन्त पौडेललाई गोली हानी हत्या गरेको विरोधमा दुई दिनदेखि जारी रहेको बन्द आजबाट फिर्ता भएको छ। दुई दिनदेखि बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको थियो।

नेकपा एमालेको युवा संघले बन्द आह्वान गरेको थियो। हत्यारालाई सार्वजनिक नगरेसम्म हड्ताल जारी रहने युवा संघले बताउँदै आएको थियो। आज भएको वार्तापछि बन्द फिर्ता भएको हो। सरकारले स्पेसल टास्कफोर्स गठन गरी हत्यारा पक्राउ गर्ने आश्वासन दिएपछि बन्द फिर्ता लिइएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell