PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सिन्धुपाल्चोकको नवलपुरमा ल्होछार कार्यक्रम हुदैं



पहिलोपोस्ट

सिन्धुपाल्चोकको नवलपुरमा ल्होछार कार्यक्रम हुदैं

नवलपुर: २८५४ औं सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

नवलपुर युनाइटेड क्लबको आयोजनामा माघ २२ गते कन्सर्ट हुन लागेको हो। कन्सर्टमा जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, प्रयास दोङ, विशाल कल्तान, आशमान लोप्चन र साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तामाङ समूदायको संस्कृति संरक्षण र सम्वर्द्धनका लागि ल्होछार कन्सर्ट आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चिन लामाले बताए। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको क्लबका कोषाध्यक्ष फुलमान तामाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell