
काठमाडौं : निर्वाचन आयोगमा संवैधानिक निकायका प्रमुख पदाधिकारी र सचिवहरू बीच भेट भएको छ।
भेटमा संवैधानिक निकायहरूबीच अपासी सौहार्द्धता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा छलफल भएको हो।
अनौपचारिक कार्यक्रम प्रत्येक महिनाको एक पटक चक्रीय रूपमा सबै संवैधानिक निकायमा आलोपालो गरी बस्ने समझदारी यसपूर्व नै भएको निर्वाचन आयोगले जनाएको छ।
भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग तथा महालेखा परीक्षकको कार्यालयका प्रमुख पदाधिकारी एवं उल्लिखित निकायहरूका सचिवहरूको उपस्थिति रहेको थियो।
भेटघाट कार्यक्रममा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबै संवैधानिक अङ्गलाई आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले धन्यवाद ज्ञापन समेत गरे।