PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

उपचार गराउन जानुअघि ओलीले डाके स्थायी कमिटी बैठक



पहिलोपोस्ट

उपचार गराउन जानुअघि ओलीले डाके स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। बैठक दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ। 

अध्यक्ष ओली पुस २६ गते स्वास्थ्य जाँचका लागि थाइल्यान्डको बैंकक जाँदैछन्। उपचारका लागि जानुअघि अध्यक्ष ओलीले अहिलेको विकसित राजनीतिबारे छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएका हुन्।
 
पार्टी एकताबारे एमालेका नेताहरुले आआफ्नो हिसाबले धारणा राखिरहेको अवस्थामा बैठक डाकिएको छ। एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, 'भोलिको बैठकले पार्टी एकताबारे आधिकारिक धारण बनाउने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell