PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा



पहिलोपोस्ट

रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा

काठमाडौं: शनिबार रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा मनाइएको छ। काठमाडौंको तारा सदन स्कूलको विष्णुभक्त–तारादेवी गुठी संस्थाले सभाको आयोजना गरेको हो।

कार्यक्रममा काठेमाडौं क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा 'विष्णुभक्त रङ्गकर्मी पुरस्कार'बाट राजेन्द्र कुमार गर्तौलालाई सम्मान गरियो। त्यस्तै 'तारादेवी युवा नारी प्रतिभा छात्रावृत्ति' कविता तामाङलाई प्रदान गरियो। 

विष्णुभक्त–तारादेवी गुठी संस्थाका संरक्षक विमल फुयाँलले हरेक वर्ष रङ्गकर्मी फुयाँलको स्मृतिसभामा एकजना रंगकर्मी र एकजना युवा नारीलाई छात्रावृत्ति प्रदान गर्ने बताएका छन्। विभिन्न नाटक, फिल्‍म र टेलिफिल्महरुमा अभिनय गरेका फुयाँलको गते  पुस १९ गते निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell