PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

सावित्राको डबल ह्याट्रिकमा एपीएफको शानदार जित



पहिलोपोस्ट

सावित्राको डबल ह्याट्रिकमा एपीएफको शानदार जित

काठमाडौं : सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेपछि सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय फुटबलको सुपर लिगमा सुदूरपश्चिममाथि शानदार जित हात पारेको छ।

आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९-० ले हरायो। एपीएफको जितमा सावित्राले ६ गोल गरिन्। उनले एकै खेलमा दोहोरो ह्याट्रिक वा सो भन्दा धेरै गोल गरेको यो तेस्रो पटक हो। समूह चरणमा सावित्राले मध्यपश्चिम विरुद्ध १२ तथा पश्चिमाञ्चल विरुद्धको खेलमा ८ गोल गरेकी थिइन्। यस्तै समूह चरणको अन्तिम खेलमा आर्मी विरुद्ध १ गोल गरेकी थिइन्। अहिलेसम्म प्रतियोगितामा सावित्राको कूल गोलसंख्या २७ पुगेको छ।

सावित्राले सुदूरपश्चिम विरुद्ध पहिलो हाफमा १ गोल गर्दा बाँकी ५ गोल दोस्रो हाफमै गरिन्। १८औँ मिनेटमा पहिलो गोल गरेकी सावित्राले ४९औँ र ७३औँ मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्। यस्तै ७६औँ मिनेटमा चौथो गोल गरेकी सावित्राले ८४औँ र ९०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै डबल ह्याट्रिक पूरा गरेकी हुन्।

यस्तै एपीएफका लागि अनिता बस्नेतले ५६औँ र ६०औँ मिनेट गोल गरिन् भने रेखा पौडेलले इन्जुरी टाइममा गोल थपिन्।

सुपर लिग अन्तर्गत आइतबारै भएको विभागीय डर्बीमा त्रिभुवन बर्मीले नेपाल पुलिसलाई ४-१ ले पराजित गरेको छ। आर्मीको जितामा कप्तान कृष्णा खत्री र अन्जली वाइबाले २-२ गोल गरिन्।

सुपर लिग अन्तर्गत मंगलबार नेपाल पुलिस र सुदूरपश्चिम तथा एपीएफ र आर्मीबीच खेल हुनेछ।

पुलिस र सुदूरपश्चिम समूह एक  विजेता र उपविजेता तथा एपीएफ र आर्मी समूह बी को विजेता र उपविजेता बन्दै सुपर लिगमा प्रवेश गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell