PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जेलमा लालुप्रसाद यादवलाई मालीको जिम्मेवारी, दिनको ९३ रुपैयाँ ज्याला



पहिलोपोस्ट

जेलमा लालुप्रसाद यादवलाई मालीको जिम्मेवारी, दिनको ९३ रुपैयाँ ज्याला
फोटो श्रोतः indiatoday

राँची: भारतको चर्चित 'चारा घोटाला'मा दोषी प्रमाणित भएपछि जेल सजाय विताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले जेलमा मालीको काम पाएका छन्।

भारतको राँची सेन्ट्रल जेलमा लालुले फूल गोडमेल र काँटछाँट गर्नेछन्। उनको दैनिक ज्याला ९३ भारु तोकेको छ। 

यादवले सोमबारबाट काम सुरु गरेका छन्। चारा घोटालामा उनले शनिरबाबाट जेलयात्रा थालेका हुन्। यादव साढे तीन वर्ष जेल बस्नेछन् भने १० लाख भारु जरीवाना पनि तोकिएको छ।

यादवसहित १५ जनालाई अदालतले भारतको चर्चित ‘चारा घोटाला’ काण्डमा दोषी भएको ठहर गरेको हो।


पशुपालन विभागमा जनावरका लागि खरिद गरेको आहारामा फर्जी बिल पेश गरेको भन्दै मुख्यमन्त्री यादवसहित तीन जना पूर्वमन्त्री र  कर्मचारीविरुद्ध सात विषयमा मुद्दा दर्ता गरिएको थियो।

पुस ८ मा अदालतले मुद्दाको सुनुवाइ गरेको थियो। राँचीको सिबिआइ स्पेसल कोर्टमा भएको सुनुवाइको समयमा यादव उपस्थित थिए। सुनुवाइपछि उनलार्इ सिधै जेल लगिएको छ।

अदालतले दोषी ठहर गरेपनि सजाय भने आउँदो जनवरी ३ मा मात्र तोकिएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell