.jpg)
काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गत आइतबाबाट सुरु भएको ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बिश्वरुपा बुढा र गोपीचन्द्र पार्कीले दश हजार मिटर दौडमा स्वर्ण जितेका छन्। आइतवार भएको महिलातर्फको १० हजार मिटरमा आर्मीकी बुढाले ३७ मिनेट २९.५९ सेकेन्डमा दौड पुरा गदै स्वर्ण जितेकी हुन्। त्यस्तै एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३२ मिनेट २०.८ सेकेन्डमा पुरा गदै स्वर्ण हात पारे।
महिला स्पर्धामा आर्मीकै रेशु बस्नेत दोस्रो हुँदा एपीएफकी बिन्द्रधन्के श्रेष्ठ तेस्रो भईन्। पुरुष स्पर्धामा आर्मीका गजेन्द्र राई दोस्रो तथा टिका राज कटुवाल तेस्रो भए।
महिलातर्फको १०० मिटरको बाधा दौड (हर्डल्स)मा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले १७.६५ सेकेन्टमा दौड पुरा गदै स्वर्ण जितिन्। आर्मीकी तुलसा श्रेष्ठ र तुलसा खत्री क्रमश: दोस्रो र तेस्रो भए।
महिलातर्फको हाईजम्पमा एपीएफकी टिला चौधरीले १ मिटर ४४ सेमि उडान भर्दै स्वर्ण जितिन्। पुरुषतर्फ आर्मीकै सुर्यवहादुर खत्रीले स्वर्ण जिते। उनले १ मिटर ८८ सेन्टिमिटरको उडान भरेका थिए।