
काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश सभाको सपथ काठमाडौंमा हुनु संघीयताको मर्मविपरित भएको जनाएका छन्।
दलहरु दलीय र भेगीय स्वार्थबाट माथि नउठेको उनले आक्षेपसमेत लगाएका छन्। आइतबार साँझ ट्विट गर्दै भट्टराईले संविधान जारी गर्न सहमति कायम गर्नसक्ने दलहरु प्रदेशको अस्थायी राजधानीका लागि सहमतिमा जुट्न नसक्नुलाई शोभनीय नभएको जनाएका छन्।
सातै प्रदेशका निर्वाचित प्रदेशसभा सदस्यहरू सपथग्रहणकालागि काठमाण्डौ बोलाइनु संघीयताको मर्म अनुरूप भएन!संविधान जारी गर्न सहमति कायम गर्नसक्ने दलहरूले प्रदेशको अस्थायी राजधानीमा सहमति गर्न नसक्नु शोभनीय भएन।दलीय र भेगीय स्वार्थभन्दा माथि उठेर संविधान कार्यान्वयन गर्न सबै लागीपरौं!
— Baburam Bhattarai (@brb1954) January 7, 2018