काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय बास्केटबल प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ।
च्याम्पियनसिपअन्तर्गत पुरुषको १५औं र महिलाको १४औं संस्करणको राष्ट्रिय प्रतियोगिता हुन लागेको बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीले जनाएका छन्।
पुरुषमा ५ विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टिम सहभागी हुनेछन्। महिलामा भने ४ विकास क्षेत्र र विभागीय टिम आर्मीले मात्र भाग लिने छ। महिलामा सुदूरपश्चिमाञ्चलको सहभागिता छैन।
लिगकम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल पुस २८ गते हुनेछ। पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल साविक विजेता हुन्।