PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आपूर्ति विभागको एयरलाइन संचालकलाई निर्देशन : भाडा बढाउँदा पहिल्यै खबर गर



पहिलोपोस्ट

काठमाडौं : आपूर्ति व्यवस्थापन विभागले हवाई सेवा संचालक संघलार्इ स्वचालित संयन्त्रबाट हवाइ भाडा घटबढ हुनेबारे यात्रुलाई पूर्व जानकारी दिन निर्देशन दिएको छ।

विभागले संघले बुझाएको प्रतिवेदन अध्ययनका बारेमा हवाइ इन्धन प्रति लिटर ४ रुपैयाँ बढ्दा समायोजन गर्न मिल्ने व्यवस्था रहेकाले यो निर्देशन दिएको प्रवक्ता लक्ष्मण श्रेष्ठले बताए। हवाइ इन्धन घटबढ भएको अवस्थामा हवाइ भाडा मूल्य पनि घटबढ भएको पाइएको श्रेष्ठले जानकारी दिए। यसअघि हवाइ इन्धनको मूल्य घट्दा पाँचपटकसम्म हवाइ भाडा घटेको थियो।

उनले भने, 'संघले स्वचालित संयन्त्रबाट हवाइ भाडा दर बढेको कुरा यात्रुलाई पूर्व जानकारी गर्नुपर्ने र अग्रिम टिकट बुकिङ गरेका यात्रुलाई  इन्धन बढेपछि सरचार्जका नाममा यात्रुलाई थप शुल्क नलिन विभागले निर्देशन दिएको छ।' हवार्इ इन्धनको मूल्य बढेपछि निजी विमान कम्पनीले ४५ देखि २ सय ७० रुपैयाँ भाडा बढाएका छन्। भाडा बढाएपछि विभागले संघको कार्यालयमा छापा मारेर कागजपत्र कब्जामा लिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell