PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही



पहिलोपोस्ट

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

बेइजिङ : चीनमा सन् २०१७ भरिमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। 
    
उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ। 

उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए।

हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ। यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो।
सिन्ह्वा/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell