PahiloPost

Mar 22, 2025 | ८ चैत्र २०८१

दुई दल एकीकरणमा आइसब्रेक : ओली र प्रचण्डबीच भेट, एकता संयोजन समितिको बैठक मंगलबार



रासस

दुई दल एकीकरणमा आइसब्रेक : ओली र प्रचण्डबीच भेट, एकता संयोजन समितिको बैठक मंगलबार
फाइल फोटो

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ।

साँझ सवा ६ बजे ओली निवास पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको हो।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेबारे छलफल भएको बताए। उनले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उनले त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए।

अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा  आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।

भेटमा दुई पार्टीका अध्यक्ष ‘वान वन वान’ (सहयोगी बिना) वार्तामा बसेका थिए। एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell