PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

अमेरिकी प्रहरीको कब्जामा नेपाली हत्यारा, इन्टरपोलमार्फत् नेपाल ल्याइँदै



सविन ढकाल

काठमाडौं : १७ वर्ष अगाडि एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपालीलाई अमेरिकामा त्यहाँको प्रहरीले पक्राउ गरेको छ। 

झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतमलाई पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ। २०५७ साल असोज २८ गते गौतमले झापा चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका थिए। बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला अदालत झापाले सर्वोस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। भागेर भारत हुँदै उनी अमेरिका पुगेका थिए।

नेपाली राहदानीमै उनी अमेरिका पुगेको देखिएको छ। उनको राहदानी नम्बर ०९३०९४५३ रहेको छ।  

झापा चन्द्रगढीकै हत्याकान्डमा सीताराम बस्नेत र मनोज खड्काको पनि संलग्नता देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell