PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको भव्यताका साथ सुरुवात, नेपाल पनि सहभागी

एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको भव्यताका साथ सुरुवात, नेपाल पनि सहभागी

पहिलोपोस्ट /पहिलोपोस्ट


लाहोर : पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ। पाकिस्तानको गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा भएको भव्य उद्घाटन समारोहमा पाकिस्तानको संस्कृती परम्परा झल्कने किसिमको प्रस्तुती प्रदर्शन गरिएको थियो। विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ भएको थियो। दुवै देशमा भएको मार्चमास प्रत्यक्ष प्रशारण गरिएको थियो।

पाकिस्तानमा भएको विश्वकप उद्घाटनको मार्चपासमा नेपालका कप्तान कृतन श्रेष्ठ दुवालले नेपालको झन्डा बोकेका थिए। नेपाली टोलीले मार्च पास गर्दा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र समर्थकले भव्य स्वागत गरेका थिए। बंगलादेशका कप्तान तान्जिलुर रहमान र पाकिस्तानका कप्तान निसार अलिले आफ्नो देशको झन्डालाई बोकेका थिए।

सो अवसरमा स्थानीय अशक्त बालबालिकाले विभिन्न किसिमा प्रस्तुती प्रस्तत गरेका थिए। यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेल भने सोमबार आयोजक पाकिस्तान र बंगलादेशले लाहोरको गद्याफी स्टेडियममा तथा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा भारत र अस्ट्रेलियाबीच हुनेछ।

नेपालले भने आफ्नो पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ।

फोटोमा हेर्नुस उद्घाटन समारोहको झलक फोटोहरु : एनएसजेएफ



ट्रेन्डिङ पोस्ट

Ncell