PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

ला लिगा : बार्सिलोनाको जितमा मेसी र सुवारेजको गोल



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको जितमा मेसी र सुवारेजको गोल

स्पानिस ला लिगा अन्तर्गत २०१८ को पहिलो खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० ले हराएको हो।

बार्सिलोनाको जितमा लियोनल मेसी र लुइस सुवारेजले पहिलो हाफमा गोल गरे भने पाउलिन्होले दोस्रो हाफमा एक गोल गरेका थिए।

नोउक्याम्सपमा मेसीले १२औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने सुवारेजले ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। निर्धारित समयमा दुई गोल गरेको बार्साका लागि इन्जुरि टाइमको तेस्रो मनेटमा पाउलिन्होलेमेसीको पासमा गोल गरेका हुन्।

जितपछि लिग लिडर बार्सिलोनाले २२ खेलबाट ४८ अंक जोडेको छ। बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि फेरी ९ अंकको अग्रता समेत लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell