PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

एफए कप : टोटनहम चौथो चरणमा, नटिङहमसँग हारेपछि डिफेण्डिङ च्याम्पियन आर्सनल बाहिरियो



पहिलोपोस्ट

एफए कप : टोटनहम चौथो चरणमा, नटिङहमसँग हारेपछि डिफेण्डिङ च्याम्पियन आर्सनल बाहिरियो

टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दम डिफेण्डिङ च्याम्पियन आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा दोस्रो दर्जा (च्याम्पियनसिप) क्लब नटिङहम फरेस्टसँग ४-२ ले पराजित भएपछि तेस्रो चरणमै आर्सनलको यात्रा टुङ्गिएको हो।

नटिङहमलाई चौथो चरणमा पूर्‍याउन एरिक लिचाजले २ गोल गरे। यस्तै बेन ब्रेरेटोन र किरन डोवेलले पेनाल्टीमा एक-एक गोल थपे। आर्सनलका लागि कप्तान पर मर्टजाका र ड्यानी वेलब्याकले गोल फर्काएपनि हार टार्न पर्याप्त भएन।

जोए वोरल ८९औँ मिनेटमा सिधा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नटिङहमले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

उता ह्यारी केनले दुई गोल गरेपछि टोटनहम एएफसी विम्बलडद्दलाई ३-० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ। केनले ६३औँ र ६५औ मिनेटमा गोल गरे। यस्तै जोन भर्टङगनले ७१औँमिनेटमा टोटनहमका लागि तेस्रो गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell