PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

ला लिगा : गारेथ बेलले तीन मिनेटमा २ गोल गर्दा पनि रियल मड्रिड बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : गारेथ बेलले तीन मिनेटमा २ गोल गर्दा पनि रियल मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा साविक विजेता रियल मड्रिड सेल्टाभिगोसँग २-२ गोलको बराबरीमा रोकिएको छ। गारेथ बेलले ३ मिनेटको अन्तरमा दुई गोल गर्दा पनि रियल बराबरीमा रोकिएको हो। सेल्टाका लागि ड्यानिएल वाज र म्याक्सिमिलियानो गोमेजेल गोल गरे।

घरेलु मैदानमा वाजले ३३औँ मिनेटमा गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको ३ मिनेटपछि नै बेलले बराबरी गोल फर्काए। पहिलो गोल  गरेको दुई मिनेटपछि बेलले व्यक्तिगत दोस्रो गो गर्दा रियलले २-१ को अग्रता बनायो।

तर दोस्रो हाफमा अग्रता कायम राख्न सकेन। ७२औँ मिनेटमा इगो असपासले पेनाल्टी चुकाउँदा सेल्टाले बराबरी गोल फर्काउने अवसर गुमाएपद्दि ८२औँ मिनेटमा गोमेजले हेडमार्फत बराबरी गोल गर्दै रियलसँग अंक खोस्न सफल भयो।

बराबरीपपछि १७ खेलबाट ३२ अंक मात्र जोडेको रियल अंक तालिकामा चौथो स्थानमा यथावत छ भने शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ। एक खेल बढी खेलको बार्सिलोना ४८ अंकका साथ शीर्ष स्थानमा आसिन छ। रियलको छिमेकी एथ्लेटिको ३९ अंकका साथ दोस्रो तथा ३७ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell