PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मनाङको तापक्रम माइनस १६ डिग्री



रासस

मनाङको तापक्रम माइनस १६ डिग्री

मनाङ : देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ।

अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन्। यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन्।

जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौँ, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन्। गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन्।

मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell