काठमाडौं: प्रहरीले बैंकको रकम दुरुपयोग गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ।
केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत मेहेश्वर डंगोललाई पक्राउ गरेको हो। डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ।