PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सर्वोच्चको आदेश विरुद्ध १४ औं पटक अनशन बस्दै डा गोविन्द केसी



सागर बुढाथोकी

सर्वोच्चको आदेश विरुद्ध १४ औं पटक अनशन बस्दै डा गोविन्द केसी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले १४ औं अनशनको तयारी गरेका छन्।

आज दिउँसो २ बजे पत्रकार सम्मेलनपछि अनशन बस्ने कार्यक्रम रहेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए।

कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेका थिए।

शर्मालाई कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो। शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनशनमा उत्रिन लागेका हुन्। डाक्टर केसीले स्वतन्त्र न्यायालयको माग गर्दै आएका छन्।

शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो । निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदैछ। सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell