काठमाडौं: नेकपा माआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सभाको अस्थायी राजधानी तोक्ने काम वर्तमान सरकारको भएको बताएका छन्।
सोमबार ट्विट् गर्दै उनले भनेका छन्, 'प्रदेशसभाको राजधानी प्रदेश सभा ले नै निर्णय नगर्दासम्म को लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो।'
सरकारले प्रदेश तोक्न पर्दैन भनेर भन्नु संघीयता विरोधी काम भएको श्रेष्ठले दाबी गरे। भने, 'अस्थायी केन्द्र तोक्न पर्दैन वा प्रदेश बाहिर भए पनि हुन्छ भन्नु असंबैधानिक, संघीयता बिरोधी एवं अलोकतान्त्रिक गैर जिम्मेवार कार्य हो।'प्रदेशसभाको राजधानी प्रदेश सभा ले नै निर्णय नगर्दासम्म को लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो। अस्थायी केन्द्र तोक्न पर्दैन वा प्रदेश बाहिर भए पनि हुन्छ भन्नु असँबैधानिक, सँघियता बिरोधी एवँ अलोकतान्त्रिक गैर जिम्मेवार कार्य हो।+
— NKShresthaPrakash (@nksthaprakash) January 8, 2018
वर्तमान सरकारले प्रदेशको अस्थायी काम चलाउ केन्द्र तत्काल तोक्नुपर्ने उल्लेख गर्दै उनले प्रदेश प्रमुख नियुक्तिको प्रकृया अघि बढाउनसमेत माग गरेको छ।