काठमाडौं : नेपालगञ्जमा परिवारसहित पुगेका पूर्व राजा ज्ञानेन्द्र भारत तीर्थाटनमा पुगेका छन्। नेपालगञ्ज हुँदै लखनउ पुगेका उनी आफ्ना शुभचिन्तक योगी आदित्यनाथलाई भेट्न उनकै कार्यालयमा पुगे।
नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फिर्ता गर्नुपर्ने माग राख्दै कुनै समय निक्कै सक्रिय रहेका योगी आदित्यनाथ अहिले उत्तर प्रदेशको मुख्यमन्त्री छन्। लामो समयदेखि समाजवादी पार्टी र भारतीय कांग्रेसको दवदवा रहँदै आएको उत्तर प्रदेशमा भारी मत ल्याउँदै बिजेपीले सरकार बनायो जसको नेतृत्व यिनै योगीले गर्दैछन्।
मुख्य मन्त्री योगी आदित्यनाथले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्दै सम्मान गरेका छन्। उनले लखनउमा आफ्नो कार्यालयमा भेट गर्दै ज्ञानेन्द्र शाहलाई अंग बस्त्र उपहार स्वरुप दिएका छन्। योगीले ट्विटबाट फोटोसमेत सार्वजनिक गरेका छन्।
नेपालागञ्जबाट उत्तर प्रदेशको लखनउको दुरी १ सय ८० किलोमिटरमात्र रहेको छ। योगी आदित्यनाथ भने उत्तर प्रदेशको गोरखपुरबाट चुनाव जितेर मुख्यमन्त्री बनेका हुन्।