PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

फिल्म 'पञ्चायत'को अमेरिका प्रिमियर



पहिलोपोस्ट

फिल्म 'पञ्चायत'को अमेरिका प्रिमियर

काठमाडौं: नेपाली फिल्म 'पञ्चायत'को अमेरिका प्रिमियर भएको छ। पुरानो सामाजिक व्यवस्था र संरचनालाई चित्रण गरेको फिल्म अमेरिकाको भर्जिनियामा देखाइएको हो।

फिल्मले 'सान फ्रान्सिस्को फिल्म फेस्टिभलमा'मा विदेशी भाषातर्फ एक अवार्ड हात पारेको थियो। पञ्चायतकी अभिनेत्री निता ढुंगानाले 'उत्कृष्ट मुख्य अभिनेत्री'को अवार्ड पाएकी हुन्।

‘पञ्चायत’को प्रिमियर र अन्य विशेष सोका लागि अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन्। 

फिल्ममा शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको छ। त्यस्तै सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङ्गेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजु बाबु श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।

गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ नेपालमा भने चैत २ गतेबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell