PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

वैदेशिक रोजगारी ठगी आरोपमा ब्लु स्टार ओभरसिजका सञ्चालक पक्राउ



पहिलोपोस्ट

वैदेशिक रोजगारी ठगी आरोपमा ब्लु स्टार ओभरसिजका सञ्चालक पक्राउ

काठमाडौः प्रहरीले ब्लु स्टार ओभरसिजका सञ्चालकलाई ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो।

उनीहरुले विभिन्न मानिसहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ६५ हजार रुपैयाँ उठाएर फरार भएपछि पीडित युवाहरुले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको हो।

उजुरी दिएपछि मेनपावर कम्पनीमा पुगी चेक गर्दा विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी ३७१ थान, भिसा ईन्ट्री रजिष्टर , स्वीकृत नलिएका डिमान्ड लेटरहरु, विभिन्न व्यक्तिहरुले आईएमई गरेका रसिदहरु र रकम लेनदेनसँग सम्बन्धित फाईल लगायतका कागजातहरु बरामद गरेको थियो।

मेनपावर कम्पनीले पीडितबाट गुनासो आउन थालेपछि  मेनपावर कम्पनी रहेको स्थान बाग्मती खोलाबाट कम्पनीको कार्यालय समेत सिनामंगल शक्तिमार्ग स्थित एउटा घरमा सारेको थियो। उनीहरुले रकम लिई भरपाई समेत नदिई राहदानीहरु संकलन गरी वैदेशिक रोजगारको लागि नपठाई रकम र राहदानी समेत फिर्ता नदिई ठगी गरेको भेटिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell