PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव : प्रदेशको अस्थायी मुकाम टुंगो लगाउनुस्



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव : प्रदेशको अस्थायी मुकाम टुंगो लगाउनुस्
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवाद नहुने गरी प्रदेश सभा अस्थायी मुकाम टु‌ंगो लगाउन सुझाव दिएकी छन्।

सोमवार बिहान राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले प्रदेश मुकामको विषयलाई लिएर विभिन्न जिल्लामा भएको आन्दोलनबारे चासो व्यक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई जानकारी दिए।

'भेटमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भयो। राष्ट्रपतिले प्रदेशमुकामको विषयमा विभिन्न जिल्लामा भएको आन्दोलनबारे चासो लिनुभयो,' अधिकारीले भने, 'प्रधानमन्त्रीलाई प्रदेश मुकाम र प्रदेश प्रमुखको विषयमा टुंगो लगाउन आग्रह गर्नुभयो।'

राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेट कार्यक्रम गत शुक्रबार रहे पनि उक्त दिनको कार्यक्रम भेट रद्द भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell