PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

बार्सिलोना पुगेपछि काउटिन्होले भने : सपना पूरा भएको छ



पहिलोपोस्ट

बार्सिलोना पुगेपछि काउटिन्होले भने : सपना पूरा भएको छ

स्पानिस क्लब बार्सिलोनाले फिलिप काउटिन्होलाई क्लबको खेलाडीका रुपमा मिडियामाझ प्रस्तुत गरेको छ। ला लिगा अन्तर्गत लेभान्टे विरुद्धको खेल पछि ब्राजिलियन स्टारलाई क्लबले प्रस्तुत गरेको हो।

सम्झौता गरिसकेपछि मात्र काउटिन्होलाई अफिसियल रुपमा भने बार्सिलोनाले प्रिजेन्टेसन गर्ने जनाएको छ।

बार्सिलोनाले काउटिन्होलाई साढे पाँच वर्षको लागि १४२ मिलिनय पाउण्डमा क्लब भित्र्याएको हो। बार्सिलोन र काउटिन्होबीच सम्झौता भने सोमबार हुँदैछ।

नोउक्याम्पमा प्रस्तुत भएपछि काउटिन्होले सपना पूरा भएको बताएका छन्। उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अंग्रेजीमा लेखेका छन्। ‘हाई बार्सा फ्यान म यहाँ आइसके। यो सपना पूरा भएको छ र आशा छ भोली भेट्नेछु।’

पछि बार्सा टिभीसँगको अन्तर्वार्तामा काउटिन्होल लियोनल मेसी र लुइस सुवारेजसँग खेल्न पाउनुले एक्साइटेड बनाएको बताए।

उनले धेरै इतिहास बनाइसकेका आइडल खेलाडीहरुसँग सँगै हुनु अनौठो हुने बताए। ‘फुटबलरहरु मेसी, सुवारेज, इनेस्टा, पिके, बुस्केट। म एकदमै खुशी छु उनीहरुसँग सँगै हुन पाउँदा।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell