PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शौचालयको आगो निभाउँदा वयस्कको शव!



रासस

जुम्ला : चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ।

कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको स्थानीयवासी देवीप्रसाद सिम्खाडाले बताए। 

आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्याय नै रहेको सिम्खाडाले बताए। 

यता प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव भेटिएको र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्‍याइएको बताएको छ।

आगलागी र शौचालयभित्र उपाध्यायको जलेर मृत्यु भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell