PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

एकजनासँग ६ सय ४५ पटक फोन सम्पर्क गरेकी श्रीमती हराएपछि पासवानले गरे पत्रकार सम्मेलन



रासस

विराटनगर: नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन्। 

बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए। 

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए। 

बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको पासवानले बताए। 

पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell