PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रधान न्यायाधीशको राजीनामा माग्दै १४ ‍औं पटक अनशनमा डा केसी



सागर बुढाथोकी

प्रधान न्यायाधीशको राजीनामा माग्दै १४ ‍औं पटक अनशनमा डा केसी

काठमाडौं : डाक्टर गोविन्द केसीले १४ औं अनशन शुरु गरेका छन्। सोमबार शिक्षण अस्पताल महाराजगञ्ज हातामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले अनशन शुरु गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि अनशन बसेको प्राध्यापक डाक्टर केसीले बताएका छन्।
 
कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेका थिए।

शर्मालाई कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्चले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो।

शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनशनमा उत्रिन लागेका हुन्। डाक्टर केसीले स्वतन्त्र न्यायालयको माग गर्दै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell