काठमाडौं: फिल्म 'मिस्टर झोले'ले कभर भिडियो प्रतियोगिताको विजेता घोषणा भएको छ। उत्कृष्ट तीन भिडियोलाई सोमबार नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा पोखराको डान्स ग्रुप क्रिष्टल क्लजले प्रथम स्थान हात पार्यो। त्यस्तै किसन एण्ड डान्स क्रु र डाइनामिक क्रु क्रमश: दोस्रो र तेस्रो भए।
प्रथम हुने क्रिष्टल क्लजले एक लाख ५५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख ५ हजार नगद पुरस्कार पाए।
पुष २८ गते रिलिज हुने फिल्मले प्रचार प्रसारका लागि फिल्मको 'ओखती' बोलको गीतको लागि डान्स र ड्रामा दुवै विधामा कभर भिडियो आह्वान गरेको थियो। पुष २१ गते (जनवरी ५)सम्ममा हाइलाइट्स नेपाललाई प्राप्त भिडियोहरुमध्य तीन विजेता चयन भएका हुन्।