PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

'फिर्के' हेरेर सञ्चार मन्त्रीले भने: नेपाली फिल्म व्यवसायिक बन्दैछ



पहिलोपोस्ट

'फिर्के' हेरेर सञ्चार मन्त्रीले भने: नेपाली फिल्म व्यवसायिक बन्दैछ

काठमाडौं: सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सोमबार दिउसो फिल्म 'फिर्के' हेर्न दरबारमार्गस्थित क्युज सिनेमा पुगे। उनले फिल्मको विषय उठानको खुलेर प्रशंसा गरे। साथै नेपाली फिल्म व्यवसायिक बनेको बारे आफू खुशी भएको जनाए। भने,'नेपाली फिल्म उद्योगको विकास भनेको सञ्चार मन्त्रालय अन्तर्गतको एउटा क्षेत्रको विकास हो। यसलाई अझै माथि पुर्‍याउन फिल्मकर्मी र सरकारी निकाय मिलेर अगाडी बढ्नु पर्छ।'

आफूले धेरै फिल्म हेर्न चाहेर पनि कार्य व्यस्तताका कारण नसकेको तर्क राखे। भने,'फिल्म हेर्नु फिल्मकर्मीलाई प्रोत्सहान हो नै साथै मेरो आफ्नो रुचीको विषय पनि हो। तर राजनीतिक जीवन र व्यक्तिगत जीवन संतुलन गर्न केही गाह्रो हुने रहेछ।' 

बस्नेतले आफू धेरैपछि व्यस्तताबिच फिल्म हेर्न आएको बताए। भने,'मेरो चार बजे बिराटनगरको फ्लाइट छ। तर पनि यहाँ आएर फिल्म हेरें। मलाई फिल्मको विषय उठान मनपर्‍यो।' उनले यसअघि पनि फिर्के निर्माता सुलेमान शंकरको फिल्म 'ईकु' हेरेका थिए। शंकरको फिल्मले दिने मनोरञ्जन साथै संदेशबाट आफू निकै प्रभावित रहेको प्रतिक्रिया समेत दिए। 

फिल्म फिर्के शुक्रबारबाट मल्टिप्लेक्स एवं सिंगल थिएटरमा प्रदर्शनरत छ। फिल्मलाई हास्य कलाकार रवि डंगोलले निर्देशन गरेका हुन्। फिल्ममा ऋचा शर्मा, अर्पण थापा, सुलेमान शंकर, कृष्टिना पौडेल लगायत कलाकारको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell