PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ओमेगा अन्तरकलेज टी-२० क्रिकेट हुने



पहिलोपोस्ट

ओमेगा अन्तरकलेज टी-२० क्रिकेट हुने

काठमाडौं : ओमेगा इन्टरनेसनल कलेजको आयोजनामा प्रथम ओमेगा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता माघ २७ गतेदेखि हुने भएको छ।

प्रतियोगतामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अंकितप्रताप सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। त्यसमा भारतको मथुराबाट अमरनाथ कलेजको सहभागिता रहने छ।

नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन्। पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा हुने प्रतियोगिताको फाइनल फागुन ५ गतेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell