PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

ठेकेदारको लापरबाहीले डोल्पामा पुगेन खाद्यान्न,  दशैं यता उपभोक्ताले पाएनन् चामल 



पहिलोपोस्ट

ठेकेदारको लापरबाहीले डोल्पामा पुगेन खाद्यान्न,  दशैं यता उपभोक्ताले पाएनन् चामल 

  • टेक शाही-

डोल्पा: डोल्पामा ठेकेदारको लापरवाहीका कारण खाद्य संस्थानले दिने २३ हजार क्विन्टल खाद्यान्न ढुवानी हुन सकेको छैन।
आर्थिक वर्ष ०७४/०७५ मा मात्रै डोल्पाका लागि २३ हजार ९ सय क्विनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारी दिएको छ। 

सुर्खेतका ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस र ईन्द्रदीप कन्सट्रक्सनले डोल्पाको लागि खाद्यान्न ढुवानीको ठेक्का लिएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका प्रमुख हरिप्रसाद जोशीले बताए। 

नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट डोल्पा सम्म ढुवानीको लागि जिम्मा लिए पनि दुबै ठेकेदारले हालसम्म चामल डोल्पा शाखाको गोदामसम्म पुर्‍याउन सकेका छैनन। बाटोको समस्या, ढुवानीको साधन नभएको, भाडादर नमिलेको जस्ता बिभिन्न बहानामा हरेक वर्ष डोल्पाको खाद्यान्न ढुवानीमा ठेकेदारले लापरवाही गर्ने गरेको नेपाल खाद्य संस्थानले जानकारी दिएको छ। 

यस आर्थिक वर्षमा जम्मा जिल्ला भरिमा एक हजार क्विन्टल मात्र चामल ढुवानी भएको शाखा प्रमुख जोशीले बताए। उनका अनुसार बारम्बार ताकेता गर्दा पनि ठेकेदारले डिपो कार्यालयमा चामल ढुवानी नगरेपछि दशैदेखि नै जनताले चामल पाएका छैनन्। 

डोल्पाका सबै डिपोको लागि जिम्मा आफुहरुले लिएको तर सडकको असहजता र ढुवानी गर्ने साधनको समस्याका कारण समयमा ढुवानी हुन नसकेको ईन्द्रदीप कन्सट्रक्सन मालिक जबानसिँह बुढाले बताए। उनले भने 'छिट्टै ढुवानी गर्ने प्रयास गरेपनि ढुवानी कर्तासँग कुरा नमिलेको कारण रोकिएको हो।' 

आर्थिक बर्ष ०७४/०७५ मा दुनै डिपोमा १४ हजार क्वीन्टल, जुफाल, लिकु, काईगाउ र सर्मि गरि प्रत्यक डिपोमा १ हजार ८ सय क्वीन्टल त्यसै गरि माथिल्लो डोल्पाको तिन्जे डिपोमा ४ हजार ५ सय क्वीन्टल केन्द्रबाट स्वीकृत भएको छ। तर हाल सम्म डोल्पामा १ हजार क्वीन्टल मात्र चामल दुनै र जुफाल डिपोमा पुगेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जनाएको छ।  

अघिल्लो आर्थिक बर्षमा जिल्ला भरिमा गरेर २० हजार क्वीन्टल चामल ढुवानी भइ बितरण भएको थियो। अघिल्लो वर्षमा ३ महिनाको अन्तरमा वितरण भएको चामल यो वर्ष ५ महिना बिति सक्दा पनि ठेकेदारले ढुवानी नगरे पछि जनताले चामल पाएका छैनन्। 

प्रति परिवार ३ केजीका दरले प्रत्यक महिनामा चामल पाउनु पर्ने भए पनि डोल्पाका जनताले ५ महिना बितिसक्दा पनि चामल पाएका छैनन। दैनिक जसो जनताहरु खाद्यको गोदाममा पुग्छन् र गोदाममा चामल नभए पछि खाली हात फर्काउनु पर्ने बाध्यता रहेको जिल्ला शाखा प्रमूख जोशी बताउँछन। 

खाद्यको चामल र नुनको लागि राजनीति हुने डोल्पामा पछिल्लो समय चामल बितरण हुन नै छोडेपछि राजनीतिक दलका नेताहरु पनि मौन बसेका छन्। पार्टीको नाममा ठूलो संख्यामा सिफारिस लेख्ने नेताहरुले ५ महिनासम्म जनताले चामल नपाउँदा समेत कुनै पहल नगरेको स्थानीयको आरोप छ। 

ठेकेदारले समयमा ढुवानी नगरे पछि माथिल्लो डोल्पाका साविकका २ गाविस छार्का र मुकोटका जनताले आर्थिक वर्ष ०७२/०७३ देखिनै चामल खान पाएका छैनन्। तिन्जेको मरिम क्याटो सम्म चीनबाट ढुवानी गर्ने तर छार्का र मुकोटबाट मरिम सम्म गएर ढुवानी गर्न नसक्ने भएकोले २ आर्थिक वर्ष सम्म त्यस क्षेत्रका जनताले नेपाल सरकारले अनुदान दिने चामल खान नपाएको नेपाल खाद्य संस्थान शाखा डोल्पाले जानकारि दिएको छ। 

सडकले नछोएको जिल्ला डोल्पामा खाद्यान्नको ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ। भौगोलिक तथा क्षेत्रफलमा ठुलो जिल्ला भए पनि खोती योग्य जमिन जम्मा १.५ प्रतिशत मात्र रहेकोले नेपाल सरकारको खाद्यान्नमा भर पर्नु पर्ने बाध्यता रहेको छ। 

सरोकारवाला निकायले ठेकेदारलाई ताकेता नगरे पछि हरेक वर्ष डोल्पामा आउने चामल ढुवानी हुन सक्दैन। अघिल्लो वर्षको करिव एक हजार ९०० क्वीन्टल चामल यस वर्ष मात्रै जिल्लामा पुगेको शाखा प्रमुख जोशीले जानकारी दिए। ढुवानीका लागि ठेक्का खुलेपछि कामको लागि कम दररेटमा जिम्मा लिने तर पछि बिभिन्न बहानामा ठेकेदारले समयमा ढुवानी गर्दैनन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell