PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

राष्ट्रिय बास्केटबल : मध्यपश्चिमाञ्चल सेमिफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय बास्केटबल : मध्यपश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं : मध्यपश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को लिगमा मध्यपश्चिमाञ्चलले नेपाल आर्मीलाई ४५–३२ ले पराजित गर्दै समूह विजेता बन्यो। मध्यपश्चिमाञ्चलको जितमा शान्ति श्रेष्ठले २७ अंक योगदान गरिन्। यो समूहमा २ टिम मात्र रहेकाले हारका बावजुद आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो।

महिलाको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले पूर्वाञ्चललाई ६३–८ को भारी अन्तरले हरायो। मध्यमाञ्चलकी स्नेहा श्रेष्ठले १६ अंक जोडिन्।

पुरुषमा दुई विभागीय टोली आर्मी र नेपाल प्रहरी क्लबले विजयी सुरुआत गरे। साविक विजेता आर्मीले पूर्वाञ्चललाई ९३–७२ ले हरायो। आर्मीका सदीश प्रधान र रविन खत्रीले समान २१–२१ अंक जोडे। प्रहरीले मध्यपश्चिमाञ्चलमाथि ९३–५४ को जित हात पार्‍यो। प्रहरीका विकास गुरुङले २७ स्कोर गरे।

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell