काठमाडौं : ए डिभिजन क्लब थ्री स्टारले १४ महिनापछि फुटबलमा शानदार पुनरागमन गरेको छ। १४ महिनापछि फुटबल खेलमा फर्केको थ्री स्टारले सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो खेलमै झापा-११ लाई ३-१ ले पराजित गर्यो। गत वर्ष सेप्टेम्वरमा भारतमा बोर्डोलोइ ट्रपी खेलेयता थ्री स्टारको यो पहिलो प्रतियोगिता हो।
जितपछि थ्री स्टार धनगढीमा जारी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा भएको खेलको चारै गोल पहिलो हाफमा भएको थियो। थ्री स्टारलाई जित दिलाउन बुद्ध जेम्जोङले २ तथा विदेशी खेलाडी मार्टिन अजायीले १ गोल गरे। झापाका लागि कर्ण लिम्बुले एक गोल गरे।
थ्री स्टारले अब सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताअन्तर्गत भोली भुटानको ड्रक स्टार र अग्नी रुपन्देहीबीच खेल हुनेछ।