PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सर्वोच्चको पक्राउ पुर्जीपछि डाक्टर केसीको प्रश्न : जसको मान नै छैन उसको के को मानहानी? 



सागर बुढाथोकी

सर्वोच्चको पक्राउ पुर्जीपछि डाक्टर केसीको प्रश्न : जसको मान नै छैन उसको के को मानहानी? 

काठमाडौं : सर्वोच्च अदालतले मानहानी गरेको भन्दै मंगलबार बिहान ९ बजे डाक्टर गोविन्द केसीलाई उपस्थित गराउन निर्णय गरेलगत्तै केसीले आफ्नो अडान यथावत रहने बताएका छन्। 

'जसको कुनै मान नै छैन उनको विरुद्धमा अनशन बस्न के को मानहानी,' डाक्टर केसीले भने, ‘अदालतको प्रधान न्यायाधीश भ्रष्टहरुको पक्षमा फैसला गर्दै हिड्छन्। मलाई मेरो निर्णयमा कुनै पछुतो छैन।’

केसीले अदालतको सधै सम्मान गर्ने भए पनि अदालतको न्यायाधीशले न्याय बिक्री गरेको कारण अनशन बसेकाले अदालतले पक्राउ गरे नडराउने बताए। 'सबै न्यायाधीश खराब छैनन्,' केसीले भने, 'मेरो अनशन उनीहरुविरुद्ध पनि होइन।'

उनले अदालतले हदैसम्म गरे जेल हाल्ने हो बताउँदै भने, 'म त्यही जेलभित्रै गएर अनशन बस्छु।'


सम्बन्धित समाचार

अदालतको मानहानी भन्दै सर्वोच्चले दियो आदेश : गोविन्द केसीलाई हाजिर गर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell