PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बार्सिलोना र काउटिन्होबीच सम्झौता, काउटिन्होले ३ साता खेल्न नपाउने



पहिलोपोस्ट

बार्सिलोना र काउटिन्होबीच सम्झौता, काउटिन्होले ३ साता खेल्न नपाउने

स्पानिस जायन्ट बार्सिलोनाले फिलिप काउटिन्होसँग ५ वर्षको लागि सोमवार सम्झौता गरेको छ। शनिवारै बार्सिलोना पुगेका काउटिन्होले सोमबार मात्र बार्सिलोनासँग सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि काउटिनहोलाई नोउक्याम्पसमा अफिसियल प्रिजेन्टेसन गरिएको थियो।

त्यसअघि उनले आइतबार बार्सिलोना र लेभान्टेविरुद्धको खेल हेरेका थिए भने उनलाई मिडियामाझ प्रस्तुत समेत गरिएको थियो। काउटिन्होलाई बार्सिलोनाले १४२ मिलियन पाउण्डमा लिभरपुलबाट क्लब भित्र्याएको हो।

 

काउटिन्होले तत्कालै बार्सिलोनाको जर्सी खेलेको हेर्न भने अझै ३ साता कुर्नुपर्ने भएको छ। स्वास्थ्य परिक्षणका क्रममा उनको दायाँ थाईमा चोट रहेका कारण उनले तीन साता खेल्न नसक्ने क्लबले जनाएको छ।

उनले बार्सिलोनाले अब खेल्ने सेल्टा भिगो रियल सोसिडाड रियल बेटिस र अलाभेज सँगको खेल गुमाउन सक्नेछन्।

सम्झौतापछि काउटिन्होले आफू खुशी रहेको र सपना पुरा भएकव बताए। 'मलाई यो स्थानमा ल्याउन बार्सिलोनाका प्रसिडेन्ट लगायत सबैलाई धन्यवाद दिन चाहन्छु। म एकदमै खुशी छु। सपना पुरा भएको छ र आशा छ फिल्डमा राम्रो गर्नेछु।'

यस्तै बार्सिलोनाका प्रसिडेन्ट जोसेफ बार्तामेएले काउटिन्होलाई अनुबन्ध गर्नु सजिलो नभएको तर उनको प्रयास, इच्छाशक्ति र धैर्यताले सम्भव भएको प्रतिक्रिया दिए। काउटिन्हो आएपछि बार्तामेडले सबै बार्सा फ्यानहरु उत्साहित भएको समेत बताए।

गत वर्ष नै बार्सिलोनाले काउटिन्होलाई ल्याउने प्रयास गरेपनि लिभरपुलले ३ पटक अस्वीकार गरेको थियो। तर काउटिन्हो आफै पनि बार्सिलोना आउन इच्छुक रहेका कारण जनवरी विन्डोमा बानर्सिलोना उनलाई नोउक्याम्पमा भित्र्याउन सफल भएको हो।

समर ट्रान्सफरमा नेमार विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पिएसजी लागेपछि बार्सिलोनाले काउटिन्होलाई ल्याउन चेहको थियो। नेमारको स्थानमा बार्सिलोनाले त्यतिबेला बोरुसिया डर्टमण्डबाट ओसमान डेम्बेलेलाई भित्र्याएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell