PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

दक्षिण अफ्रिकाले भारतलाई हरायो, फिलान्डरको ६ विकेट



पहिलोपोस्ट

दक्षिण अफ्रिकाले भारतलाई हरायो, फिलान्डरको ६ विकेट
फोटो : बिसीसीआई

भर्नोन फिलान्डरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो टेष्टमा भारतलाई ७२ रनले पराजित गरेको छ। उक्त जितपछि दक्षिण अफ्रिकाले ३ टेष्टको सिरिजमा १-० को अग्रता बनाएको छ।

केप टाउनमा भारतलाई जितका लागि दोस्रो इनिङ्समा २०८ रन आवश्यक थियो। तर फिलान्डरले करियरकै उत्कृष्ट बलिङ गरेपछि भारत ४२.२ ओभरमा १३४ रनमा अलआउट भयो।

भारतका लागि दोस्रो इनिङ्समा रविचन्द्रन आश्विनले सर्वाधिक ३७ रन बनाए भने कप्तान विराट कोहलीले २८ रन जोडे। भारतलाई कम स्कोरमा रोक्न फिलान्डरले १५.४ ओभर बलिङ गर्दै ४ मेडन ओभर फाल्दै ४२ रन मात्र खर्चिए। यस्तै मोर्ने मोर्केल खागिसो रबाडाले २-२ विकेट लिए।

तेस्रो दिन वर्षका कारण खेल हुन नसकेपछि चौथो खेल दक्षिण अफ्रिकाले ६५/२ बाट दोस्रो इनिङ्सको खेल अघि बढाएको थियो। तर चौथो दिनै नतिजा निक्ने क्रममा १८ विकेट झर्‍यो।

भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा अलआउट हुँदै १३० रन मात्र बनाएको थियो। दक्षिण अफ्रिकाका ए बी डे भिलिएर्सले ३५ तथा एके मारक्रामले ३४ रन बनाएका थिए भने भारतका जसप्रित बुमराह र मोहम्मद शामीले ३-३ तथा भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले मान २ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २८६ रन बनाएको थियो भने भारतले २०९ रन जोडेको थियो।

यी दुईबीच दोस्रो टेष्ट जनवरी १३ देखि सेन्टुरियनमा सुरु हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell