PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मेसीलाई पछि पार्दै नेमार बने विश्वकै भ्यालुएबल प्लेयर, रोनाल्डो ४९औँ स्थानमा



पहिलोपोस्ट

मेसीलाई पछि पार्दै नेमार बने विश्वकै भ्यालुएबल प्लेयर, रोनाल्डो ४९औँ स्थानमा

सिआइइएस फुटबल अबजर्भेटरीले वार्षिक रुपमा प्रकाशन गर्ने र्‍याङ्किङ अनुसार ब्राजिलियन स्टार नेमार विश्वकै मोस्ट भ्यालुएबल प्लेअरको शीर्ष स्थानमा छन्।

सिआइइएसले प्रत्येक वर्ष जनवरीमा प्रकाशित गर्ने उक्त सूची अनुसार नेमारको भ्यालु १८८ मिलियन पाउण्ड छ। दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेसीको भ्यालु १७८ मिलियन पाउण्ड छ।

प्रिमियर लिग क्लब टोटनहमका ह्यारी केन तेस्रो स्थानमा छन्। उनको भ्यालु १७२ मिलिनय पाउण्ड छ।

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीको ४९औँ स्थानमा छन्। ३२ वर्षीय रोनाल्डोको भ्यालु ७१ मिलियन पाउण्ड मात्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell