PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

प्रधानन्यायाधीश पराजुलीलाई गगनको चुनौती, 'श्रीमान हामीलाई पनि मानहानीको मुद्धा लगाइयोस्'



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीलाई गगनको चुनौती, 'श्रीमान हामीलाई पनि मानहानीको मुद्धा लगाइयोस्'
तस्बिर फाइल

काठमाडौँ: अदालतको अपहेलना भएको भन्दै डा. गोविन्द केसीलाई पक्राउ गरेपछि माइतीघर मण्डलामा पर्दशन भएको छ।
 

माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा सहभागी हुँदै डा. केसीलाई रिहाइ गर्न माग गरेका छन्।

डा. केसीलाई गलत ढंगले पक्राउ गरिएको भन्दै थापाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई चुनौती दिएका छन्। थापाले भने, ‘श्रीमान यदि गोविन्द केसीले अदालतको मानहानी गरेको हो भने हामीले पनि अदालतको मानहानी गरेको हो। हामीलाई पनि पक्राउ गरियोस् श्रीमान।’
 

थापाले गोविन्द केसीको मागमा छानविन गरी समस्या समधान गर्नु पर्नेमा पक्राउ गरेको हुनाले न्यायलयको भरोसा मरेको बताए।
 

उनले भने 'राजाको पालामा जनताको अन्तिम विश्वास भरोसा न्यायलय हुन्थ्यो। अहिले त्यो रहन गएन।'
 

थापाले गोविन्द केसीको पक्राउ जन आन्दोलनताका आफू पक्राउ परेजस्तै भएको स्मरण गरे।
 

‘राजाको विरुद्ध गलत अभिव्यक्ति दिएको भन्दै मलाई पक्राउ गरेको थियो। देशद्रोहको आरोप थियो मलाई। विशेष अदालतमा मुद्दा सुनुवाइ हुँदै गर्दा सडकमा युवाहरुले ज्ञाने चोर देश छोड भन्ने नारा लगाएका थिए। जनताको त्यस्तै समर्थन आज केसीलाई पनि छ’ थापाले भने, ‘अदालत कानुनको धारामा हैन जनताको विश्वासमा अडिएको हुन्छ। यस्ता आदेशले न्यायलय स्वतन्त्र नभएको पुष्टि गरेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell