PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

अब साउदी रंगशालामा महिलाले पनि फुटबल हेर्न पाउने



रासस

अब साउदी रंगशालामा महिलाले पनि फुटबल हेर्न पाउने

रियाद : साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ। फुटबल प्रतियोगिता हेर्नका लागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ।

'साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन्। आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको छ,' सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ।

प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाउने भएका छन्।

प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो।

साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell